शनिवार, 29 अक्तूबर 2011

समग्र मधेश एक प्रदेश छोडियो : मन्त्री दत्त

अजित तिवारी, विराटनगर, कात्तिक १२- मधेशी जनअधिकार फोरम(गणतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं कृषी मन्त्री नन्दनकुमार दत्तले संयुक्त मधेशी मोर्चाले समग्र मधेश एक प्रदेशको माग छोडिसकेको खुलासा गरेका छन्। उनले चितवन पूर्व र पश्चिम गरी मधेशमा दुई प्रदेशको खाका संसदमा रहेको राज्य पूर्नसंरचना समितिलाई बुझाइएको जानकारी दिए। ‘एक मधेश एक प्रदेशमा हामी ‘कम्परमाईज' गरिसकेका छौ'-चित्रगुप्त समाज कल्याण परिषद्ले शुक्रबार विराटनगरमा आयोजना गरेको उनकै अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री दत्तले भने,‘चितवन पूर्व र पश्चिम गरी मधेशमा दुई प्रदेश राख्ने खाका बुझाइसकेका छौ।' उनले मधेशमा स्थापना हुने दुई प्रदेशको नाम पछि तय गरिने जानकारी समेत दिए।
‘मधेश, थरुहट, तराई, मिथिला वा अरु जे नाममा सहमति हुन्छ, प्रदेशको नाम त्यही हुन्छ'-नेता दत्तले भने,‘तर काँग्रेस र एमालेले मधेशमा दुई प्रदेश राखिनेमा पनि बिरोध जनाएका छन्।' ‘समग्र मधेश एक प्रदेश छोडेर प्रान्तको बिभाजन कसरी गर्ने' मधेशी मोर्चाले गठन गरेको एक उच्च स्तरीय सुझाव समितिका ५ जना सदस्य मध्येका दत्तले भने,‘हामी त कम्परमाईज गर्‍यौ, तर एमाले र काँग्रेसलाई त्यो पनि स्वीकार्य भएन।'
काँग्रेस र एमाले ‘मधेशको दुश्मन' रहेको आरोप लगाउँदै उनले भने,‘मधेशको मुद्दा र मागमा माओवादी गम्भीर रहेकाले एमाले र काँग्रेसलाई क्यान्सर र टाइफाइड रोग लागेजस्तै छटपटाहट भइरहेको छ।' उनले काँग्रेस र एमाले मधेशको भलो चिताउने काम कहिले पनि नगर्ने दाबी समेत गरे।
मन्त्री दत्तले मंसिर १४ गतेअघि नै संविधानको एकीकृत मस्यौदा जनताको हातहातमा आउने दाबी गरे। उनले भने,‘शान्ति र संविधानका लागि दलहरु भित्रभित्रै निकै गम्भीरतापूर्वक काम गरिरहेका छन, तपाईहरु मंसिर १४ अघि नै संविधानको मस्यौदा पाउनुहुनेछ।'

कोई टिप्पणी नहीं: