शनिवार, 22 अक्टूबर 2011

देवकोटा जयन्ती मनाइदै


विराटनगर, ५ कार्तिक। देवकोटा पुस्तकालय विराटनरले साहित्य, कला र संस्कृतिको उत्थान समृद्ध राष्ट्रको पहिचान भन्ने नारासहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औँ जनमजयन्ती तथा देवकोटा पुस्तकालयको ५३ औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।
यही कार्तिक ६ देखि ९ गतेसम्म मनाइने उक्त कार्यक्रम अन्तर्गत रक्तदान कवियत्री ज्योति जङ्गमको एकल कविता वाचन समालोचक दधिराज सुवदीको अभिनन्दन प्रभातफेरी एवम् महाकविको तस्वीर सुसज्जित रथका साथ शोभायात्राको आयोजना गरिने भएको छ।पुस्तकालयले सो कार्यक्रम साचालनका लागि सुमन दाहालको संयोजकत्वमा ७१ सदस्दीय मूल समारोह समिति गठन गरेको छ।
यसैबीच देवकोटा पुस्तकालय विराटनगरले २०६७ सालको देवकोटा शिक्षा पुरस्कार जनता मावि हरैचाका सौरभ लुइटेललाई प्रदान गर्ने भएको छ।
एसएलसी परीक्षामा मोरङ जिल्लाको सामुदायिक विद्यालयबाट प्रथम हुने विद्यार्थीलाई सम्मानस्वरुप सो पुरस्कार विस २०४८ देखि नियमित रुपमा प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन प्रदान गरिँदै आएको छ। रासस

कोई टिप्पणी नहीं: