शनिवार, 22 अक्टूबर 2011

असुरक्षित यौनमा भारतीय अगाडि

sex
काठमाडौ, कार्तिक ५ - भारत जनसंख्याको दृष्टिले पनि विश्वको दोस्रोमा पर्छ । तर अब असुरक्षित यौनमा भने उसले सबैलाई उछिनेको खुलासा भएको छ । भारतमा यौन सक्रिय जनसंख्याको कम्तीमा ७२ प्रतिशत व्यक्तिले बिनाकुनै सुरक्षा यौनसम्बन्ध राख्ने गरेको खुलेको छ ।
भारतमा गरिएको पछिल्लो अन्तर्राष्ट्रिय स्तरको सर्वेक्षणमा सामेल कम्तीमा ४० प्रतिशत युवाले भने गर्भनिरोधक साधनको आवश्यकता परे पनि तत्काल भने पाउन गाह्रो भएको बताएका छन् । सर्वेक्षणमा संलग्नमध्येका ३६ प्रतिशतले भने आफ्ना नजिकका साथी वा परिवारका सदस्यले बिना पूर्वयोजना गर्भधारण गरेको जानकारी दिएका थिए ।
सर्वेक्षणमा संलग्न एक तिहाइले भने साथीबाट आफूले गर्भनिरोधकका बारेमा गलत सूचना पाएको बताएका थिए ।
इन्टरनेसनल प्लान्ड प्यारेटहुड फेडेरेसन, पपुलेसन काउन्सिल लगायतका ११ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयुक्त पहलमा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षण सन् २०११ को दुई महिना अपि्रल र मेमा गरिएको थियो ।

कोई टिप्पणी नहीं: