काठमाडौं, कार्तिक ११ - एमाले अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया पूरा गर्न र संविधान निर्माणका लागि सरकार ठोसरुपमा प्रस्तुत नभएको आरोप लगाएका छन् ।
आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खनालले सरकारलाई अब हुने शीर्ष वार्तामा ठोसरुपमा प्रस्तुत हुन आग्रह गरिएको जानकारी दिए । यद्यपि उनले केही दिनमै शान्ति प्रक्रियामा सहमति हुने विश्वास व्यक्त गरे । ‘त्यसका लागि भोलिदेखि नै हामी द्विपक्षीय–त्रिपक्षीय छलफल सुरु गर्छौं,’ खनालले भने ।
सेना समायोजनका विवादित दुई महत्त्वपूर्ण विषयमा सहमति जुटाउन सत्तारुढ माओवादी र एमालेका शीर्ष नेताबीच शनिबार छलफल हुँदैछ । माओवादी, एमालेसहित कांग्रेसका नेताहरुसँग भने आइतबार शीर्ष छलफल हुँदैछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें