शुक्रवार, 28 अक्तूबर 2011

पत्रकार महासंघका अध्यक्षमाथि हातपात, दोषीलाई कारबाहीको माग

काठमाडौं, कार्तिक ११- नेपाल पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष सुशिल पोखरेलमाथि हातपात भएको छ । 
पोखरेललाई विजुवार– ६ का बालाजु श्रेष्ठ र धर्मावती १ का रेशम केसीले ज्यान मार्ने धम्की दिंदै गाली बेइज्यती र हातपात समेत गरेको जनाइएको छ । महासंघले दोषिमाथि कारबाहीकोसमेत माग गरेको छ ।
प्यूठानको विजुवार आसपासका क्षेत्रमा तीब्र रुपमा बढ्दै गएको अव्यवस्थित जग्गा प्लटिङ्गको विषयमा हाम्रो एकता साप्ताहिकमा प्रकाशन भएको समाचारलाई लिएर पत्रिकाका सम्पादक  पोखरेललाई ज्यान मार्ने धम्की दिएको हो ।

कोई टिप्पणी नहीं: