काठमाडौं, कार्तिक ११ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको म्याद ६ महिना थप्ने संकेत गरेका छन् । उनले अन्तिमपटक ६ महिना म्याद थप्न जनतालेसमेत अनुमति दिने दाबी गरे ।
नेपाल संवत् ११३२ को अवसरमार शुक्रबार राजधानीको कीर्तिपुरमा आयोजित कार्यक्रममा संविधानसभाको म्याद पुनः ६ महिना थप्ने बताएका हुन् । संविधानसभाको थपिएको तेस्रोपटकको म्याद आगामी मंसिर १४ गते सकिँदैछ ।
दाहालले एक महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउन सम्भव नभए पनि विवादित विषयमा सहमति खोज्ने प्रयास भने जारी रहेको बताए । उनले ठूलो दलको नाताले आफ्नो दलले शान्ति र संविधानका लागि जिम्मेवारीपूर्ण तरिकाले काम गर्ने जानकारी दिए ।
दाहालले पछिल्ला दिनमा भएका शीर्ष बैठकहरु सकारात्मक भएको चर्चा गर्दै अब सहमतिको आशा जागेको खुलाए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें