काठमाडौं, कार्तिक ११ - प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार विहान ११:५५ को साइतमा दिदी थिरकुमारी शर्मा भट्टराई र बहिनी पार्वती शर्माको हातबाट टीका लगाएका छन् । प्रधानमन्त्री टीकाका लागि आफना भाई शिव भट्टराईको घर कोटेश्वर पुगेका थिए ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार प्रधानमन्त्रीलाई दिदी थिरकुमारी र बहिनी पार्वतीले देशमा शान्ति र समृद्धि कायम गर्न सफल हुन भन्दै टीका लगाएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
राससकै अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले पनि बिहान ११:५५ को साइतमा बहिनी शोभा शाहीको हातबाट टीका लगाए । टीकाका लागि उनी शाहीको निवास कमलादी गएका थिए । उनलाई शाहीले सप्तरङ्गी टीका लगाइदिइन् ।
टीका लगाइसकेपछि पूर्व राजाले बहिनीलाई उपहार पनि दिएको उनको निजी सचिवालयले जनाएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें