काठमाडौं, असोज २९ (नागरिक) - प्रमुख राजनीतिक दल र माओवादीभित्रै आलोचना भइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र माओवादीबीचको चारबुँदे सम्झौताको सद्भावना पार्टीले औपचारिक प्रतिरक्षा गर्ने भएको छ।
मोर्चामा आबद्ध दलको चालु केन्द्रीय समितिको विस्तारित बैठकमा मोर्चा र माओवादीबीच भएको चारबुँदे सम्झौताको पक्षमा अधिकांश सदस्यले धारणा राखेका छन्।
शुक्रबार राजधानीमा सुरु भएको तीनदिने बैठकमा बोल्ने अधिकांश सदस्यले चारबुँदे मधेस हितमा भएकाले त्यसको पक्षमा अडिग रहन नेतृत्वलाई सुझाएको पार्टी महासचिव मनिष सुमनले बताए। सुमनले भने, 'अधिकांश सहभागीहरूले चारबुँदेलाई ऐतिहासिक भन्दै त्यसको पक्षमा आफ्नो भनाइ राखेका छन्।' सुमनका अनुसार वक्ताहरूले चारबुँदेलाई परिवर्तन नचाहनेले विरोध गरिरहेको धारणा राखेका छन्। सुमन भन्छन्, चारबुँदेको पक्षमा पार्टीले औपचारिक प्रस्ताव पास गर्ने सम्भावना छ।'
चारबुँदे सम्झौतालाई लिएर एकीकृत माओवादीको वैद्य पक्षले खारेज हुनुपर्ने अडान राख्दै आएको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भदौ ११ गते रातारात मधेसवादी दलसँग गोप्य सम्झौता गरिएको भन्दै त्यसमाथि केन्द्रीय समितिमा छलफल हुनुपर्ने वैद्य पक्षको माग छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय सम्झौतामाथि केन्द्रीय समितिमा छलफल हुनसक्ने अभिव्यक्ति दिएका छ्न् भने एमालेले खारेज हुनुपर्ने औपचारिक निर्णय नै गरिसकेको छ।
सद्भावनाको विस्तारित बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल गर्न बोलाएको विस्तारित बैठकमा पार्टी केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय सल्लाहकार, वर्गीय समितिका प्रमुख, विभागीय प्रमुख र जिल्ला अध्यक्षहरू गरी सयभन्दा बढी सहभागी छन्। यही बैठकले फागुनमा पार्टी अधिवेशन गर्ने औपचारिक निर्णय लिने सुमनले जानकारी दिए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें