जनकपुर, आश्विन २९ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसम्बद्ध तीन जिल्लाका कार्यकर्ताको शनिबार साँझ सम्पन्न संयुक्त बैठकले प्रतिपक्षी दलहरूले संसद चल्न नदिए मधेसका सम्पूर्ण नाका बन्द गरी मुलुकको आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिएका छन् ।
बैठकले संसद नखुलेसम्म मधेसका सम्पूर्ण नाका घेराउ गर्ने निर्णय गरेको छ । घेराउ कार्यक्रमलाई सफल बनाउन अन्य मधेसवादी दलसँग पनि सहकार्य गर्ने रणनीति रहेको फोरम लोकतान्त्रिकका नेताहरूले बनाएका छन् । धनुषा, महोत्तरी र सर्लाहीका पार्टी नेता कार्यकर्ताको बृहद् बैठकले रक्षा मन्त्री शरदसिंह भण्डारीको अभिव्यक्तिलाई अनावश्यक व्याख्या गरी नेपाली कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल राष्ट्र बनाउन खोजेको ठहर गरेको छ । बैठकपछि वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'संसद अवरुद्ध गर्नुको अर्थ शान्ति र संविधानलाई ओझेलमा पार्नु हो । संविधान नबन्नुको अर्थ मधेसीलाई समानताको हकबाट वञ्चित गर्नु हो ।'

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें