भक्तपुर, असोज २९- 'दोहोरो सुरक्षाका लागि कन्डमको सही प्रयोग गरौँ' भन्ने नाराका साथ मनाइएको १७ औँ राष्ट्रिय कन्डम दिवसको अवसरमा शनिबार भक्तपुरमा १५ हजार थान कन्डम निःशुल्क वितरण गरिएको छ। जिल्ला एड्स समन्वय समिति भक्तपुरका प्रमुख शङ्कर बस्नेतले यस वर्ष बिनाहिच्किचाहट विवाहिता तथा अविवाहित युवतीहरुसमेत आएर कन्डम लैजानुका साथै यौन रोगबारे जानकारी लिएको बताए।
पाँच ठाउँमा राखिएको कन्डम स्टलमा १५ देखि ५० वर्ष उमेर समूहका महिला तथा पुरुषले कन्डम लगेको जानकारी उनले दिए।
युवा तथा अधबैँशे पुरुषले धेरै कन्डम लगेको र स्कुले छात्रछात्रा, सुरक्षाकर्मी, आन्तरिक बसाइँसराइ गरेर आएका वर्ग, उद्योग तथा कलकारखानामा कार्यरत महिला पुरुषले कन्डम लगेका र उनीहरुले यसको सही प्रयोगबारे जानकारीसमेत लिएको उनले बताए।
पन्ध्र हजार कन्डम वितरण गर्दा पनि निःशुल्क कन्डम लिन आउनेको सङ्ख्या नघटेकाले यस वर्ष कन्डम अपुग भएको बस्नेतले बताए।
भक्तपुरको गोल्मढी, सूर्यविनायक, दूधपाटी, थिमीको शङ्खधर साख्वा चोक र थिमीको बोडेमा निःशुल्क कन्डम वितरण गर्न स्टल राखिएका थिए।
वितरित कन्डम जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र ब्ल्यु डायमन्ड सोसाइटीले समितिलाई उपलब्ध गराएका हुन्। रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें