काठमाडौ, आश्विन २९ - महानगरीय प्रहरी वृत्त बालाजुले जुवाखालबाट पक्राउ गरेर ल्याएका व्यक्तिलाई कानुनी कारबाही नगरी छाडेको भेटिएको छ । असोज ७ गते बालाजुमा जुवा खेलिरहेका बेला छापा मारेर पक्राउ गरी ल्याइएका ७ व्यक्तिलाई कानुनी कारबाहीबिना नै छाडिएको हो ।
प्रहरीले छाडिदिएका व्यक्तिले नै प्रहरीले जबरजस्ती पैसा लिएर आफूहरूलाई छाडेको गुनासो मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको स्रोतले जनाएको छ ।
बालाजुका उज्ज्वल ठकुरीले आफ्नै घरमा खेलाइरहेको जुवा खालमा प्रहरी निरीक्षक निरञ्जन थापाको कमान्डमा गएको ५ प्रहरीको टोलीले छापा मारेको थियो ।
स्रोतका अनुसार ठकुरीले नै प्रहरी परिसर काठमाडौंमा प्रहरीले पैसा लिएर आफूहरूलाई छाडेको गुनासो गरेका थिए ।
काठमाडौं परिसरले जुवा खालमा छापा मारेर ल्याइएका व्यक्तिलाई कानुनी कारबाही नगरी छाडेको अभियोगमा निरीक्षक थापामाथि कारबाही प्रक्रिया सुरु गरेको छ । थापाले पक्राउ गरेर ल्याएका व्यक्तिबाट ३५ हजार रुपैयाँ लिएको आरोप छ । उसले थापालाई निलम्बनका लागि सिफारिस गर्दै आयुक्तको कार्यालयमा पत्र पठाएको छ । आयुक्तको कार्यालयका एसएसपी एवम् प्रवक्ता रविराज श्रेष्ठले प्रहरी निरीक्षकलाई कारबाही गर्ने अधिकार आयुक्तको कार्यालयलाई नभएको जानकारी गराउँदै कारबाहीका लागि प्रहरी मुख्यालयलाई पत्राचार गरिएको बताए ।
परिसरले वृत्त इन्चार्ज डीएसपी कृष्णबहादुर कल्ली मगरलाई स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ । उनलाई फत्राउ परेको र छाड्नुपर्ने कारण माथिल्लो कार्यालयमा जानकारी नगराएको विषयमा स्पष्टीकरण सोधिएको छ ।
घटनाको छानबिन गर्न काठमाडौं परिसरका डीएसपी धीरजप्रताप सिंहको संयोजनमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ । त्यसमा परिसरका प्रहरी निरीक्षकद्वय कृष्ण पंगेनी र पुष्कर चन्द छन् ।
परिसर स्रोतका अनुसार गत असोज ७ गते बालाजुस्थित उज्ज्वल ठकुरीको घर साँझ ५ बजे चार घुमुवासहित सादा पोसाकमा पुगेका प्रहरी निरीक्षक थापाले छापा मारेर ठकुरीलाई ६ जनासहित हत्कडी लगाएर वृत्तमा ल्याएका थिए । वृत्तमा ल्याएर उनले माथिल्लो कार्यालयमा जानकारी नगराई थप पैसा लिएर छाडेको अभियोग लागेको छ । त्यहाँ थापासहित घुमुवा हवल्दार रिमबहादुर थापा, रमेश चन्द लगायत छन् ।
वृत्तका डीएसपी कृष्णबहादुर कल्ली मगरले जुवाखालबाट ल्याइएका व्यक्ति छाडिएको स्वीकार गर्दै आर्थिक प्रलोभनमा परेर नछाडेको दाबी गरे ।
'पक्राउ गरेर ल्याएपछि ठकुरीले आपmनो सहोदर भाइले आत्महत्या गरेकाले तत्काल त्यहाँ पुग्नुपर्ने भन्दै रोइकराइ गरे,' डीएसपी मगरले भने, 'उनले त्यसो भनेपछि मानवीयताका आधारमा छाडिएको हो ।'
उनले ठकुरीका भाइले वास्तवमै आत्महत्या गरेका हुन् होइनन्, पुष्टिसमेत गरेनन् । 'ललितपुरको बागडोल बस्ने भाइले आत्महत्या गर्यो भनेकाले छाडिएको हो' उनले भने, 'यस्तो स्थिति आउँछ भन्ने लागेको भए छाड्ने थिइनँ ।'

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें