रविवार, 16 अक्टूबर 2011

कुकुरले आक्रमण गरेपछि मोटरसाइकल दुर्घटना

समुन्द्र पौडेल, तनहुँ, असोज २९- राजमार्गमा रहेको भुस्याहा कुकुरले आक्रमण गरेपछि मोटरसाइकल दुर्घटनामा नेपाल पत्रकार महासंघ तनहुँका सचिव एवं तनहुँबाट प्रकाशित मादीसेती प्रवाह दैनिकका सम्पादक ओमकार आचार्य घाइते भएका छन्। पत्रिकाको काम सकेर शनिवार राती दमौलीबाट व्यास-८, चापाघाट स्थित घर जाँदै गरेका बेला भुस्याहा कुकुरले आक्रमण गरेको उनले बताए।

दुर्घटनामा उनको दुबै हात र खुट्टामा चोट लागेको छ।

कोई टिप्पणी नहीं: