काठमाडौ, २९ असोज। आज संसारभर विश्व खाद्य दिवस मनाइदैछ। नेपालमा पनि सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। यस वर्ष ‘खाद्यान्नको संकट, मूल्यदेखि स्थिरतसम्म’भन्ने नारा तय गरि दिवस मनाइदैछ। पछिल्लो समय विश्वमा चरम खाद्य संकट उत्पन्न भएको छ। त्यसैगरी दैनिक उपभोग्य खाद्यजन्य वस्तुको मूल्य केही समययता आकासिएको छ ।
संयुक्त राष्ट्र संघले खाद्य संकटबाट उत्पन्न समस्याबाट विश्वमा हाल मानिस १ अर्ब मानिस प्रभावित भइरहेको ठहर गरेको छ। नेपालमा हाल ५० प्रतिशत जनसंख्या खाद्य संकटको चपेटामा परेको तथ्याङकले देखाएको छ। पूर्वी र मध्य र मध्यपश्चिको तुलनामा नेपालका पश्चिम र सुदूरपश्चिमका पहाडी क्षेत्र खाद्य संकटका हिसाबले बढी प्रभावित छन्। खासगरी खाद्यान्नको आकाशिँदो मूल्यवृद्धिका कारण विश्वका अल्पविकसित र विकासोन्मुख मुलुकहरुमा गरिबी र विपन्नता बढ्दै गएको राष्ट्रसंघले उल्लेख गरेको छ।
नेपालमा जनसंख्याको झण्डै ७० प्रतिशत भन्दा बढी हिस्साको मुख्य पेशा कृषि भए पनि कृषि क्षेत्रमा आधुनिकीकरण हुन नसक्नु, युवा पुस्तामा कृषि पेसाप्रति रुचि नदेखिनु, राज्यले कृषि क्षेत्रको विकासमा ध्यान नदिनु,खेती गर्ने किसानसँग भन्दा जमिन बाँझो राख्ने माफियाहरुको हातमा जमिनको स्वामित्व हुनु तथा खाद्यान्नको वैज्ञानिक भण्डारण नहुनुको कारणबाट पछिल्लो समय खाद्यान्नमा परनिर्भरता बढ्दै गएको बताइएको छ। हाल नेपालमा वार्षिक ३ देखि ५ लाख मेट्रिक टनसम्म खाद्यान्न भारतलगायत अन्य मुलुकबाट आयात हुने गरेको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें