सर्लाही, आश्विन २८ - केन्द्रीय हस्तक्षेपको बिरोध गर्दै सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको गृह जिल्ला सर्लाहीका केन्द्रीय सदस्य लगायत सय भन्दा बढीले आज अपरान्ह पदत्यागको घोषणा गरेका छन् ।
केन्द्रीय सदस्य कौशल यादबको नेतृत्वमा जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र गाउँ एकाई समितिका करिब सय जनाले मलंगवामा भेला आयोजना गरि पदत्यागको घोषणा गरेका हुन् ।
महतो स्वास्थ्य मन्त्री बनेपछि भर्खरै गरिएको जिल्ला अस्पताल बिकास समितिको अध्यक्ष नियुक्ति, पार्टीको जिल्ला अध्यक्ष केन्द्रबाटै मनोनयन, पार्टीमा ब्यक्तिबाद हावी लगायतका केन्द्रको ठाडो हस्तक्षेपका कारण सामुहिक पदत्याग गरिएको यादबले बताए ।
भेलाले नेतृत्वसंगको असन्तुष्टि र पदत्यागको निर्णय केन्द्रमा पठाएर सात दिन भित्र सम्पूर्ण समस्याको समाधान गर्न अल्टिमेटम दिएको छ । सबै समस्याको समाधान प्रजातान्त्रिक ढंगबाट नभए पार्टी छाड्न बाध्य हुने यादवले बताए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें