रविवार, 16 अक्टूबर 2011

लुक्लामा तारा एअरको विमान दुर्घटना, सबै कुशल

आश्विन २९ ,यती एअरलाइन्सद्वारा सञ्चालित तारा एअरको टुइनअटर विमान मध्याह्न उडानका क्रममा लुक्ला विमानस्थलको भित्तामा ठोक्किएर दुर्घटना भएको छ। विमानमा रहेका १६ यात्रु र ३ चालक दलका सदस्य सबै कुशल छन्। कल साइन ९एन-एभीओ रहेको विमान उड्नलाई धावनमार्गमा 'ट्याक्सी' गर्ने क्रममा  'हाइड्रोलिक' फेल भएर भित्तामा ठोक्किएको हो। विमानको अग्रभागमा क्षति भएको बताइएको छ।

विमानमा रहेका १६ यात्रुमध्ये अधिकांश विदेशी थिए।

कोई टिप्पणी नहीं: