रविवार, 16 अक्टूबर 2011

भट्टराई सरकारको आयु मङ्सिर १५ सम्म : एमाले नेता गुरुङ

Prithibi subba Gurung
लमजुङ, आश्विन २९ - एमालेका पोलिटब्युरो सदस्य तथा सभासद् पृथ्वीसुब्बा गुरुङले संविधानसभाको निर्वाचनपछि माओवादी र एमालेले दुई–दुईपटक सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व नेपाली काँग्रेसलाई दिनुपर्ने र उसकै नेतृत्वमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।
उनले माओवादी नेता बाबुराम भट्टाराई सरकारको आयु मंसिर १५ सम्ममात्र रहेकपनि उल्लेख गरे । 
एमाले जिल्ला कमिटी लमजुङले दसैँ, तिहार र छठ पर्वको अवसरमा आइतवार बेसिसहरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।
अहिलेको अवस्थामा प्रमुख तीन दलबीच कसैले कसैलाई निषेध गर्न सक्ने स्थिति नभएको उल्लेख गर्दै उले तीन ठूला दल र मधेसी मोर्चा नमिली शान्ति र संविधान नबन्ने ठोकुवा पनि गरे ।
कार्यक्रममा एमाले लमजुङका अध्यक्ष जमीन्द्रमान घलेले बडादसैँ, दिपावली र छठपर्वको अवसरमा शुभकामना दिँदै सबै राजनीतिक दल, समुदाय, जाति, धर्म र लिङ्ग मिलेर नयाँ नेपाल निर्माण गर्नुपर्ने बताएका थिए । रासस

कोई टिप्पणी नहीं: