गुल्मी, आश्विन २९ - गुल्मीको वीरबास गाविसको बाख्रेमा आइतबार भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।
हर्दिनेटाको चोयघा मन्दिरमा पुजाको लागि बीरबास गाविसबाट जाँदै गरेको लु. १ च. ३५१० नम्बरको जिप दुर्घटनामा रुपन्देहीको बुटवल नगरपालिका कान्छी बजार निबासी बाबुराम वि.क.को मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए । विकको उपचारका लागि मिसन अस्पताल पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
घटनामा गुल्मीको बिरबास-३ का प्रेम परियार, सोही स्थानकै मेघबहादुर परियार, बिरबास-१ बाख्रेका अम्मरबहादुर वि.क., सोही स्थानकै शेरबहादुर वि.क. र दरबार देविस्थान गाविस चारपालाका विकास बि.क. घाइते भएका छन् । जिप घुम्टिमा मोड्ने क्रममा सडकमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें