नेपालगन्ज, आश्विन २८ - ढिलै भएपनि स्थानीय प्रशासनले बाँके जिल्लाका सयौं सुकुम्बासीबाट करिब डेढ करोड रुपैयाँ असुल्ने राजनीतिक संरक्षण प्राप्त नाईके सहित ५ जना दलालमाथि कारबाही सुरु गरेको छ ।
जग्गाको लालपुर्जा दिलाई दिने प्रलोभनमा पारीसुकुम्बासीलाई समेत ठग्नेहरुलाई बाँके जिल्ला प्रशासन कार्यालयले पक्राउ आदेश जारी गरी कारबाही प्रकृया सुरु गरेको हो ।
प्रशासनले ठगीकाण्डका मुख्य ओरापी राजुथापा सहित ५ जनालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । ती ५ जना पक्राउ परे पछि सुकुम्बासीबाट ठगेको पैसा असुल उपर गराउने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए । ।
सुकुम्बासी समस्या समाधान आयोग, जिल्ला समिति बाँकेका तत्कालीन सदस्य थापा सहितका ५ जनाले लालपुर्जा दिलाई दिने निहुमा पैसा असुली गरेको भन्दै नन्दकुमारी सिह र रमेसर खटिक सहितका पीडितले उजुरी गरेपछि प्रशासनले पक्राउ आदेश जारी गरेको हो ।
पक्राउ आदेश जारी भएका नाईके थापाको निर्देशनमा परिचालित दलालहरुले घरँमै आएर लालपुर्जा दिलाई दिने भन्दै ७ हजार ५ सय रुपैयाँ लगेको सिंहले बताइन् । राजनीतिक संरक्षण प्राप्त दलालहरुले सुकुम्बासीका छा्रप्रामा पुगेर प्रति परिवार ५ सय देखि २३ हजार रुपैयाँ उठाएर लगेका छन् ।
ठगहरुले बाकेमा कम्तिमा १५ हजार सुकुम्बासीबाट पैसा उठाएने योजना बनाएका थिए । आयोगमा जग्गा माग गर्दै कम्तिमा १८ हजार निबेदन परेका थिए । ती मध्ये १५ हजार सुकुम्बासीबाट पैसा खान सकिने देखेपछि आयोगका तत्कालीन केही पदाधिकारीले दलालहरुलाई परिचालन गरेका थिए ।
सुकुम्बासीले लालपुर्जाको प्रलोभन देखाई पैसा असुली गर्नेहरुलाई कारबाहीको मागगर्न थालेको ७ महिना भयो । यस क्रममा अख्तियार र प्रशासनमा झण्डै २ सय जना पीडितले लिखित उजुरी दिईसकेका छन् । ती उजुरीको पनि छानबिन भएको छैन ।
'एमाले नेतृत्वको सरकारका बेला भएको उक्त ठगीकाण्डको कान्तिपुरले पर्दाफास गरेका हो । तर एमाललेका एकजना केन्द्रीय सदस्यको दवावमा कारबाही रोकिएको थियो ।
ठगीमा नेताहरुको नाम जोडिए पछि एमाले ५ महिना अघि गाँउ कमिटीलाई उक्त काण्डको छानबिनगर्न निर्देशन दिएको थियो । तर एमालेको निर्देशन गाँउ कमिटीले समेत पालना गरेका छैनन ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें