शनिवार, 15 अक्टूबर 2011

पूर्व सांसदविरुद्ध व्यभिचारको मुद्दा

दैलेख, असोज २८- दैलेखका पूर्व सांसद रङ्गबहादुर शाहीविरुद्ध आफ्नै बुहारी रेखा शाहीले शुक्रबार जिल्ला अदालतमा घरेलु हिंसा, कुटपीट र गाली बेइज्जती मुद्दा दर्ता गराएकी छिन्। स्थानीय बिसल्ला गाविस-४ भुवाखाडा निवासी पूर्वसांसद शाहीका जेठो छोरा महेन्द्रकी पत्नी रेखाले आफूमाथि व्यभिचार गरेको आरोप लगाई पूर्व सांसद शाहीले बेलाबेलामा हातपात गर्ने गरेको अभियोगसहित मुद्दा दर्ता गराएका छन्।

यस सम्वन्धमा पूर्वसांसद शाहीले भने- 'हाडनाताभित्र अनुचित सम्बन्धको बिषयमा समाजमा कुरा उठेपछि सुध्रन हप्काएको मात्र हुँ, मुद्दा नै दिई सकेको भए मेरो भन्नु केही छैन।'
पूर्वसांसद रङ्गबहादुर शाही २०४८ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनकी बुहारी रेखा शाही बिसल्लाको जन प्राथमिक विद्यालय भुवाखाडाकी प्रधानाध्यापक छिन्। रासस

कोई टिप्पणी नहीं: