काठमाडौँ, ११ कात्तिक। प्रत्यक्ष वैदेशिक लगानी भित्रुउन सरकारले लगानीसम्बन्धी विस्तृत विवरणयुक्त सूचना साजाल विकासको प्रकि्रयालाई अघि बढाएको छ ।
लगानी वर्ष २०१२ लाई दृष्टिगत गरी इन्टरनेसनल फाइनान्स कर्पोरेसन र नेपाल उद्योग वाणिज्य महासङ््घसँगको सहकार्यमा सरकारले साजाल निर्माणको प्रकि्रया अघि बढाएको हो ।
विदेशी लगानीकर्ताहरुले पूँजी लगाउने क्षेत्र कानुनी प्रावधान नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधा तथा सुरक्षालगायत सम्पूर्ण विवरण साजालमा समावेश गरिने उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।
सचिव कोइरालाका अनुसार कर्पोरेसन र महासङ्घको सहयोगमा अर्थ र उद्योग मन्त्रालयले पूर्वाधार निर्माण विशेष आर्थिक क्षेत्र जलविद्युत् पर्यटनका साथै उत्पादनमुलक गरी ५० लगानीका क्षेत्र पहिचान गरी त्यससम्बन्धी सम्पूर्ण सूचना साजालमा समावेश गरिनेछ ।
विदेशी लगानी ल्याउन सरकारले लगानीसम्बन्धी सम्मेलन आयोजनाको तयारी पनि गरिहेको उहाँले जानकारी दिनुभयो । उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक प्रवद्र्धन महाशाखा र अर्थ मन्त्रालय मातहतको लगानी बोर्डले सम्मेलनमा धेरै भन्दा धेरै लगानीकर्ताको सहभागिताका लागि आवश्यक प्रयास गरिरहेको छ ।
वैदेशिक लगानी आकर्षित गर्न विदेशस्थित नेपाली राजदूताबास तथा कूटनीतिक नियोगलाई परिचालन गर्नुका साथै यहाँस्थित कूटनीतिक निकाय द्विपक्षीय एवम् बहुपक्षीय सहायता संस्थाको सहयोग लिइने बताइएको छ । रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें