शुक्रवार, 28 अक्तूबर 2011

शान्ति प्रक्रिया केही दिनमै निष्कर्षमा पुग्छ-अध्यक्ष दाहाल

काठमाडौँ, ११ कात्तिक। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रकि्रया केही दिनभित्रै निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
नेपाल सम्वत् ११३२ को अवसरमा आज कीर्तिपुरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले सत्य निरुपण आयोग र बेपत्ता नागरिक खोजबिन आयोग पनि केही दिनभित्रै गठन गरिने जानकारी दिनुभयो ।
नेपाली काँग्रेससँग पछिल्ला दिनहरुमा भइरहेको सघन वार्ताले आफूलाई केही आश पलाएको बताउनु हुँदै उहाँले मङ्सिर १४ गतेसम्म संविधानको प्रारम्भिक मस्यौदा ल्याउन हरसम्भव पहल गरिने बताउनुभयो ।
उहाँले काम गर्दागर्दै समय पुगेन भने केही समय म्याद थप गरेर भए पनि संविधानसभाबाटै नेपाली जनताले खोजेजस्तो संविधान बनाउने धारणा व्यक्त गर्नुभयो । सो चियापान कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य सभासद् पार्टी कार्यकर्ता र स्थानीयवासीको सहभागिता रहेको थियो ।

कोई टिप्पणी नहीं: