कार्तिक ११, इस्लामाबाद- पाकिस्तानले परमाणु हतियार लैजान सक्ने हत्फ - ७ क्रुज मिजाइलको परीक्षण गरेको छ। यस मिजाइल को मारक क्षमता ७०० किलोमिटर रहेको छ। जसको रेन्जमा भारतको धेरै शहर आउन सक्नेछ। सेना द्वारा एक बिग्यप्तिमा भनिएको छ , "देशमा बनेको मल्टी ट्युब क्रुज मिजाइल प्रणालीको परीक्षण सफल भएको छ। "
सेनाको अनुसार हत्फ -७ मिजाइल रडारलाई ओझेलमा राखेर पर्माणु तथा पारम्परिक हतियार लैजान सक्नेछ। राष्ट्रपती आसिफ अली जर्दारी र प्रधान मन्त्री युसुफ राजा गिलानी ले बैज्ञानीक हरु साथै इन्जिनियरहरुलाई उनीहरुको सफलतालाई बधाई दिएका थिए।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें