.jpg)
कार्तिक १ - कञ्चनपुरको भुजेला क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसवीले हतियार सहित नेपाल प्रवेश गरी सर्वसाधारणको घर भत्काइदिएको छ । आज बिहानैदेखि हतियारधारी एसएसबी आई सो क्षेत्रमा घर भत्काउन थालेपछि तनाव उत्पन्न भएको हो । हिजो दिउँसो हतियार सहित आएको एसएसबीको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका-११ भुजेलाका कल्यान लुहार, अजित पाल र भक्तबहादुर रानाको घर भत्काएको थियो । एसएसबीका सह-कमाण्डर सी. गेहेसको नेतृत्वमा १६ जनाको एसएसबी टोलीले नेपाली भुमिमा कब्जा जमाएर बसेको छ । स्थानीय बासिन्दाले विरोध गरेपछि भुजेला क्षेत्रमा तनाव उत्पन्न भएको हो । एसएसबीको टोली तैनाथ गरिएपछि उत्पन्न विवाद साम्य पार्न पूर्व मन्त्री लालबहादुर विश्वकर्मा, पूर्व उपसभामुख भोजराज जोशी, सभासद हरिश ठकुल्लालगायतको टोलीले भुजेला क्षेत्रको निरीक्षण गरेको छ । तनाव साम्य पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि भुजेला क्षेत्रमा तैनाथ गरिएको छ ।
-(डिसीनेपाल डटकम संवाददाता)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें