
काठमाडौ , कार्तिक १- काठमाडौंको नयाँ बानेश्वर स्थित पिपल बोटमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । भर्खरै जन्मिएको शिशुलाई फोहर फाल्ने ठाउँमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको थियो । शिशु सालनाल सहित भएकाले गएराती नै जन्मिएको र जन्मने बित्तिकै फालिएको अनुमान गरिएको छ । बिहान कुचिकारले सडक सफा गर्ने क्रममा शिशुलाई फेला पारेका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
(डिसीनेपाल डटकम संवाददाता)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें