काठमाडौं, कात्तिक १ (नागरिक)- नेकपा एमालेका नेता भीम रावलले देश सङ्क्रमणकालीन अवस्थामा रहेकाले राष्ट्रिय सहमति नभई भारतसँग कुनै पनि विवादास्पद विषयमा सम्झौता नगर्न भनेका छन्। उनले प्रधान मन्त्रीलाई कुनै पनि गोप्य र दीर्घकालीन असर पार्ने सम्झौता नगर्न सचेतसमेत गराए।
चार बुँदे राष्ट्रघाती सम्झौताको जगमा बनेको सरकार भएकाले राष्ट्रिय सुरक्षा र हितसँग सम्बन्धीत सम्झौता गर्ने हैसियत अहिलेको सरकारसँग नरहेको उनको ठोकुवा थियो। रावलले प्रधान मन्त्रीले विद्युत् व्यापार सम्झौता गर्छु भनेको उल्लेख गर्दै प्राकृतिक स्रोत साधनको उपयोग संसदको दुई तिहाई बहुमतबाट पारित गरेर मात्रै गर्न सकिने व्यवस्था रहेकाले संसदलाई छलेर अगाडि नबढ्न प्रधान मन्त्रीलाई चेतावनी दिए। नेपालको सुरक्षा कसैले कुनै घटना देखाएर गर्छु भन्छ भने त्यो अस्वीकार्य हुने भन्दै घटनाहरु जता पनि घट्ने दावी गरे।
कङ्ग्रेसकी नेतृ एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले नेपालमा अशान्ति र अस्थिरता भएकाले त्यसको असर छिमेकी मुलुकलाई पर्ने भएकोले भारतले नेपालबाट सुरक्षा चासो राख्नु स्वाभाविक भएको भन्दै छिमेकीको सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्– छिमेकी कमजोर भए नेपाल पनि कमजोर हुन्छ, त्यसैले छिमेकीको सुरक्षा चासोलाई नेपालले सम्बोधन गर्नुपर्छ। उनले नेपालको स्थायित्वसँग भारतको पनि स्थायित्वको प्रश्न गाँसिएकाले नेपालको शान्ति र संविधान निर्माणमा भारतको चासो पनि स्वाभाविक भएको बताइन्।
सिचाई मन्त्री महेन्द्र यादवले प्रधान मन्त्रीको भारत भ्रमण सद्भाव भ्रमण भएकाले आर्थिक एजेण्डा र आपसी हितका विषयमा मात्रै कुराकानी हुने बताए। उनले नेपालको अहिलेको मूल कार्यभार शान्ति र संविधान भएकाले त्यसलाई प्रभावित पार्ने गरी कुनै पनि सम्झोता नहुने दृढता व्यक्त गरे। उनले आर्थिक एजेण्डामा राष्ट्रिय सहमति बनेकाले रेलमार्ग, हुलाकी राजमार्ग, वामती संरक्षण आयोजना, फास्ट ट्रयाक, टेक्निकल इन्स्टिच्युट निर्माणलगायतका विषयमा भारतसँग कुराकानी हुने जानकारी दिए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें