काठमाडौ, आश्विन २७ - नेपालका एक १४ वर्षीय बालकले संयुक्त राज्य अमेरिकामा असाधारण शैक्षिक सफलता हासिल गरेका छन् । उनले अमेरिकी राज्य भर्जिनियाको निम्नमाध्यमिक तह टपेका हुन् ।
राजधानीको ओमबहाल टोलका अपूर्व श्रेष्ठले यसवर्ष निम्नमाध्यामिक तहमा अमेरिकाको भर्जिनिया राज्यमै सर्वोत्कृष्ट स्थान हासिल गरी राष्ट्रपति शैक्षिक पुरस्कार (प्रेसिडेन्टस एजुकेसन एआर्ड) प्राप्त गरेको उनका अभिभावक सुरेन्द्रलाल श्रेष्ठबाट थाहा भएको छ ।
उनी भर्जिनियाको इगल भ्यु स्कुलमा अध्ययनरत छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो हस्ताक्षरसहित उनलाई पठाएको विशेष बधाईपत्रमा उक्त सफलताको सराहना गर्दै सो शैक्षिक सफलताले उनको मात्र नभई २१ औं शताब्दीमा अमेरिकाको सफलतालाई समेत इङ्गित गर्ने धारणा व्यक्त गरेका छन् ।
अपूर्वजस्ता विद्यार्थीले अमेरिकाका युवाबीच एक प्रभावशाली उदाहरण प्रस्तुत गर्ने विश्वास पनि राष्ट्रपति ओबामाले बधाईपत्रमा व्यक्त गरेका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें