शुक्रवार, 14 अक्टूबर 2011

फेरि अर्को गाडी खस्यो, १७ घाइते ४ को अवस्था गम्भीर

केपी ढुङ्गाना, हेटौंडा, असोज २७ (नागरिक)- फर्पिङ सडक खण्डको भीमडाँडा, चुत्रेघारी जङ्गलबाट यात्रु बाहक बस ३ सय मिटर तल खस्दा १७ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। काठमाडौंको रुटमा चल्ने वा २ ख ९६५८ नम्बरको गाडी हेटौंडाबाट काठमाडौं आउँदै गर्दा भीरबाट खसेको हो।
फर्पिङ प्रभागका प्रहरी निरीक्षक झवेन्द्र भट्टराईका अनुसार घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ। आजमात्र यसअघि नै चार ठाउँमा सवारी दुर्घटना भइसकेका छन्। दसैंका यात्रु ओसार्ने क्रममा बढी मानिस राख्‍नु नै दुर्घटनाको प्रमुख कारण देखिएको छ।

कोई टिप्पणी नहीं: