सिड्नी, असोज २७ (बीबीसी)- अस्ट्रेलियाको एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका ट्याबलेट कम्प्युटर बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियाभरि बिक्रीमा लगाइएको प्रतिबन्धले अमेरिकी कम्पनी एप्पल र सामसुङबीच विश्वव्यापी पेटेन्ट विवादमा एप्पलको जित भएको छ। स्मार्ट फोन र ट्याबेलट कम्प्युटर उद्योगमा एप्पलको एउटा सबैभन्दा ठूलो प्रतिस्पर्धी सामसुङ हो।
एप्पलले टच स्क्रिन प्रविधिमा आधारित आफ्नो उत्पादन 'ग्यालेक्सी ट्याब १०.१ भर्सन' को नक्कल गरेको आरोप सामसुङमाथि लगाउँदै आएको छ। दुवै कम्पनीको पेटेन्ट विवादको कानुनी लडाइँ नौवटा देशमा चलिरहेको छ।
संघीय अदालतको प्रतिबन्धका कारण अस्ट्रेलियाली बजारमा सामसुङको स्थानमा धक्का लाग्ने निश्चित भएको छ। आगामी क्रिसमस सिजनमा राम्रो व्यापार गर्ने सामसुङको लक्ष्य चुक्ने भएको छ।
गत अप्रिलदेखि दुवै कम्पनी पेटेन्ट अधिकारीका विषयमा विवाद गर्दै आएका छन्। दुवैले एकअर्कालाई पेटेन्ट नक्कल गरेको आरोप लगाउँदै आएका छन्।
एप्पलले पेटेन्ट विवादमा जर्मनीमा चलेको मुद्दा जितिसकेको छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीले सामसुङ ग्यालेक्सी ट्याब १०.१ भर्सन बिक्रीमा प्रतिबन्ध लगाएको थियो।
गत साता सामसुङले फ्रान्स र इटालीमा एप्पलको आइफोन-४ एस बिक्री रोक्न प्रयास गर्ने बताएको थियो। सामसुङले एप्पलमाथि थ्रीजी ट्रान्समिसन पेटेन्ट नक्कल गरेको आरोप लगाउँदै ती दुवै देशमा उसका आइफोन-४ एस बेच्न नदिने प्रयास गर्ने बताएको थियो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें