काठमाडौं, आश्विन २८ - अप्ठ्यारो बाटोमा अत्यधिक यात्रु लिएर गइरहेका बेला सन्तुलन गुमाएकाले सिन्धुलीको झाँगाझोलीमा बिहीबार बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विज्ञहरूका अनुसार मानवीय, यान्त्रिक, खराब सडक, कमजोर अनुगमन र सवारी चालक अनुमतिपत्रको सहज वितरणका कारण धेरै सडक दुर्घटना हुने गर्छन् । धेरै कमाइने लोभमा चालक र व्यवसायीले मनपरी यात्रु कोच्दा र जथाभावी गाडी हुइँक्याउँदा दुर्घटना हुने गरेको विज्ञहरूले बताए ।
दुर्घटनाका क्रम बर्सेनि बढ्दो छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्ष ८ हजार ५ सय ३ दुर्घटना भए, जसमा १ हजार ६ सय ८९ ले ज्यान गुमाए । ३ हजार ८ सय २ गम्भीर घाइते भए । यो वर्ष साउनसम्म ९ सय ५५ दुर्घटनामा १ सय २९ ले ज्यान गुमाएका छन् भने ७ सय ६० गम्भीर घाइते भएका छन् । २०६६/६७ मा देशभरि भएको ७ हजार ४ सय ३८ दुर्घटनामा १ हजार ७ सय ३४ को मृत्यु भएको थियो भने ४ हजार १ सय ३० गम्भीर घाइते भएका थिए ।
तथ्यांकअनुसार उपत्यकामा मात्रै ५० प्रतिशतभन्दा बढी दुर्घटना हुने गरेको छ । त्यसपछि पूर्व, मध्य र पश्चिम क्षेत्रमा बढी दुर्घटना भएका छन् । तर खराब बाटोका कारण मृत्यु हुनेको संख्या भने उपत्यकाभन्दा पूर्व, मध्य र पश्चिम क्षेत्रमा दुईदेखि तीन गुणाले बढी छ ।
'द ग्लोबल स्टेटस रिपोर्ट अन रोड सेफ्टी' का अनुसार संसारभर बर्सेनि १२ लाखले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् । 'यीमध्ये ९० प्रतिशतको ज्यान पूर्वाधार नभएको निम्न आय र मध्य आय भएको मुलुकमा जाने गर्छ,' प्रतिवेदनमा छ, 'दुर्घटनाबाट हुने भौतिक, यान्त्रिक र मानवीय क्षतिको अनुमान गर्न सकिन्न ।'
केन्द्रीय प्रहरी प्रवक्ता र्डआईजी विनोद सिहंले चालकमा अत्यधिक आत्मविश्वास, तीव्र गति, मदिरा सेवन, दुई चालक राख्नुपर्ने लामो रुटमा एक चालक राख्नु, यात्रुले स्वयंले जोखिमपूर्ण यात्रा गर्नु दुर्घटनाको मानवीय कारण भएको बताए । उनका अनुसार बढी रकम कमाइने लोभमा सिन्डिकेट बनाई कम गाडी चलाएर क्षमताभन्दा बढी यात्रु बोक्नुलाई दुर्घटनाको अर्को कारण हो ।
पुरानो गाडी मर्मत नगरी चलाइनु र ब्रेक र स्टेयरिङ जस्ता गाडीका महत्त्वपूर्ण भागमा सस्तो तथा कमसल पार्टपुर्जा प्रयोग जस्ता यान्त्रिक त्रुटिले पनि दुर्घटना हुने गरेको उनले बताए । लामो समय महानगरीय टा्रफिक प्रहरी महाशाखाको प्रमुख भएर काम गरिसकेका डीआईजी सिंहका अनुसार सडकको अवस्था -रोड इन्जिनियरिङ) नबुझी रुट परमिट दिनु र लाइसेन्सको सहज वितरण दुर्घटनाको प्रक्रियागत कारण हुन् । 'उकालो, ओरालो, मोड र त्यस क्षेत्रमा ट्राफिक संकेत भए/नभएको बुझेर मात्र सवारी सञ्चालनको अनुमति दिनुपर्छ,' सिंहले भने ।
उपत्यकामा महानगरपालिकाले र बाहिरतिर सडक विभागले दुर्घटना हुन नदिन ट्राफिक संकेत राख्ने गरेका छन् । 'चालकका लागि शैक्षिक योग्यता नतोकिनु र दक्ष ड्राइभिङ स्कुल अभावमा लाइसेन्स पाउनुअघि ट्राफिकसम्बन्धी ज्ञान नपाउनु दुर्घटनाका अन्य प्रक्रियागत त्रुटि हुन्,' उनले भने । लाइसेन्स दिइसकेपछि ट्राफिक प्रहरीले दिने अभिमुखीकरण कार्यक्रममा न्यून सहभागी हुन्छन् । लाइसेन्स दिनुअघि औषधि व्यवसायीका लागि ओरियन्टेसन कोर्ष अनिवार्य भएझंै चालकलाई तालिम अनिवार्य गरिनुपर्ने डीआईजी सिंहको भनाइ छ ।
उपभोक्ता संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले यातायात व्यवसायीद्वारा प्रदान गरिने गुणस्तरहीन सेवा दुर्घटनाको कारण भएको बताए । 'यो दुर्घटना पनि क्षमताभन्दा बढी यात्रु बोक्दा भयो,' उनले भने । गन्तव्यमा चाँडो पुग्न हतारमा सवारी चढ्नु यात्रुको स्वभाव भए पनि व्यवसायीले रकमको लोभ नगरी यसलाई रोक्नुपर्ने उनले बताए ।
दसंै र तिहारजस्ता चाडपर्वमा सवारीधनीले ठेक्कामा चालकलाई गाडी चलाउन दिने गरेकाले बढी टि्रपका लागि अत्यधिक गतिमामा हुइँक्याउँदा दुर्घटना हुने गरेको उनको भनाइ छ ।
सिटअनुरूप यात्रु बोक्ने बस दुर्घटना भएमा यातायात व्यवस्था ऐनअनुरूप र बढी भार बोकेर हिँड्ने बसका कर्मचारी र मालिकलाई ज्यान मुद्दा लगाउनुपर्ने उनले बताए । 'सिटमा बसेकाले मात्र यात्रु बिमाबापत क्षतिपूर्ति पाउने प्रावधान छ,' उनले भने, 'यसबारे उपभोक्ता जागरुक हुन उत्तिकै आवश्यक छ ।'
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले खराब बाटोका कारण बिहीबारको दुर्घटना भएको बताए । 'उकालो र जोखिमपूर्ण मोडले यो ठूलो दुर्घटना हुन पुग्यो,' उनले भने । 'मुुलुकभरिका अधिकांश सडक जोखिमपूर्ण छन्, सबै बस सेवा बन्द गरिदिने त,' अध्यक्ष कर्माचार्यले भने, 'भाषण दिएर हुन्नँ, पूर्वाधार मजबुत पार्दै लानु पर्छ ।'
सरकारले लाइसेन्स वितरणअघि ठोस तालिम व्यवस्था नगर्नु र चालकका लागि आधारभूत शिक्षा नतोक्नुले समेत दुर्घटना निम्त्याउने गरेको कर्माचार्यले बताए । खलासीले चालकबाट सिक्ने र एक पटक जाँच दिएर भोलिपल्ट ट्रायलबाट लाइसेन्स निकाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको सुझाव छ ।
लगातार हुँदै आएका दुर्घटनाबारे अध्ययन गर्न यातायात व्यवस्था विभागले छुट्टै अध्ययन टोली बनाएको छ । सामान्यदेखि गम्भीर प्रकृतिका सडक दुर्घटनाका कारण उही हुने गरेको विभागका महानिर्देशक कपिल डंगोलले बताए ।
बसको आवागमन रोक्नेबारे स्थानीय प्रहरी प्रशासनबीच छलफल चलिरहेकै बेला सिन्धुलीमा दुर्घटना हुन पुगेको उनले उल्लेख गरे । 'सडक नभएको स्थानमा स्थानीय प्रशासनले पनि अनुमति दिन मिल्दैन,' महानिर्देशक डंगोलले भने, 'आपसी मिलेमतोमा बस सञ्चालन भएको सूचना आएको छ, हामी अनुसन्धान गर्दैछौं ।'
सवारी दुर्घटना तुलनात्मक विवरण तथ्यांक (क्षेत्रगत रूपमा)
मिति क्षेत्र दुर्घटना संख्या मृत्यु गम्भीर घाइते
०६५/६६ उपत्यका २७६५ १३७ ७२०
पूर्व ८४१ २८० ७५४
मध्य ७६६ ३६६ ९७३
पश्चिम ७६६ ३९६ ७४५
मध्य पश्चिम २९९ ११६ ३४४
सुदूर पश्चिम ८२ ६१ ७३
०६६/६७ उपत्यका ४१०४ १४६ ७४८
पूर्व १२३२ ३६६ १००६
मध्य ७९६ ४८१ ९८८
पश्चिम ७९० ४५२ ८९१
मध्य पश्चिम ४०२ २११ ३८३
सुदूर पश्चिम ११४ ७८ ११४
०६७/६८ उपत्यका ४९१४ १७२ ३६३२
पूर्व १५४९ ३२८ १७००
मध्य ८०६ ४३६ ११७६
पश्चिम ९२३ ४९३ १०३०
मध्य पश्चिम ४६४ १७१ ६३८
सुदूर पश्चिम १४७ ८९ ३२७
०६८/६९ उपत्यका ६१४ १२ ३७९
-साउनसम्म) पूर्व १२१ २१ ११०
मध्य ७१ ३३ १२०
पश्चिम ९३ ४१ ९१
मध्य पश्चिम ५१ २० ६०
सुदूर पश्चिम ५ २ ३
स्रोतः प्रहरी प्रधान कार्यालय

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें