काठमाडौं, आश्विन २८,नागरिक समाजका अगुवाहरुले व्यक्ति हत्याको आरोप लागेका मन्त्री प्रभु साहलाई उन्मुक्ति दिएका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने वताएका छन्। नेपाल नागरिक समाजले आज राजधानीमा गरेको दण्डहीनता र कानुनी राज्यको प्रश्न विषयक छलफल कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरुले साह प्रकरणमा प्रधानमन्त्रीले निरिहता देखाएको टिप्पणी गरे। अधिकारकर्मी पुरुषोत्तम दहालले प्रहरी छानविनबाट दोषी देखिएका मन्त्री साहलाई उन्मुक्ति दिएर माओवादी र मधेशी दलले दण्डहिनताको संस्कृति विकास गरेको आरोप लगाउनुभयो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश पवन ओझाले मुद्दा फिर्ता लिने अधिकार सरकारलाई दिनु नै गलत भएको टिप्पणी गर्नुभयो।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें