शनिवार, 15 अक्टूबर 2011

सेनाको मापदण्ड पूरा गरे सङ्ख्यामा लचक हुन सकिन्छ : कङ्ग्रेस नेता .

काठमाडौं, असोज २८ (नागरिक)- नेपाली कङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली सेनाको मापदण्ड पूरा गरेर समायोजन गर्नेमा सहमति भए कङ्ग्रेस लडाकुको सङ्ख्यामा लचक हुन तयार रहेको बताएका छन्। उनले लडाकुको सामूहिक समायोजन स्वीकार्य नहुने पनि स्पष्ट पारे।
स्पेन र पोर्चुगलमा बस्ने नेपालीका समस्या समाधानबारे शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको अर्न्तर्क्रियामा नेता केसीले लडाकुको सामूहिक समायोजन कङ्ग्रेसका लागि स्वीकार्य हुनै नसक्ने भन्दै लडाकु पुनर्स्थापनाको प्याकेजमा कङ्ग्रेसले कन्जुस नगर्ने पनि स्पष्ट पारे। सहमतिबिना मुलुकले निकास पाउन नसक्ने भन्दै केसीले पूर्व सहमतिहरु कार्यान्वयन गरे समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे।

उनले  कन्सुलर कार्यालय खोलेर स्पेन र पोर्चुगलमा बस्ने नेपालीको समस्या समाधान गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बताएका थिए। उनले राष्ट्रहित नै परराष्ट्र नीतिको आधार भएकाले त्यहाँ बसेका नेपालीको हितका लागि राज्यले पहल गर्नुपर्ने बताए।

कोई टिप्पणी नहीं: