काठमाडौं, आश्विन २८ - प्रतिपक्ष दल कांग्रेस, एमालेले मात्र होइन, माओवादीलेनै रक्षा मन्त्री शरतसिंह भण्डारीको राजीनामा मागेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला अलमल परेका छन् । त्यसमा केन्द्रीय सदस्य एबं भूमि सुधार मन्त्री प्रभु साहलाई नहटाई संसद चल्न नदिने कांग्रेस, एमालेको अडानले स्थिति थप जटिल पारिदिएको छ ।
प्रधानमन्त्रीको हैसियतले भण्डारीलाई तत्काल राजीनामा गराउन सक्दैनन् । किनकी यो मधेशी मोर्चासंग सत्ता समीकरणसंग जोडिएको छ । पार्टीले बचाउ गर्ने निर्णय गरेको साहलाई मन्त्रीबाट हटाउँदा उनी पार्टीभित्रैबाट अप्ठ्यारोमा पर्नेछन् । यसकारण भट्टराईले तत्काल दुबै मन्त्रीलाई हटाएर प्रतिपक्षको माग र पार्टीको निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा छनैन् । तर उनले छिट्टै सरकारको तर्फबाट धारणा सार्वजनिक गर्ने मनस्थिति भने बनाएका छन् ।
उनका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले छिट्टै भट्टराईले धारणा स्पष्ट गर्ने जानकारी दिए । 'प्रतिपक्षको माग र पार्टी निर्णयबारे प्रधानमन्त्री गंभीर हुनुहुन्छ' उनले कान्तिपुरसंग भने- 'यसबारेमा एकदुई दिनमै केही निर्णय गर्नुपर्ने हुन्छ ।'
शान्ति प्रक्रियाबारे छिट्टै सहमति हुने नेताहरुले बताइरहेकै बोल भट्टराईको थाप्लोमा दुई मन्त्रीको राजीनामा बिषय गहु्रगो बोझ बनेको छ । पत्रिकामा समाचार, पाठकपत्र आएकै भरमा ध्यानाकर्षण गर्ने प्रधानमन्त्रीलाई दुई मन्त्रीको राजीनामाको बिषय निकै टाउको दुखाईको बिषय बनेको निकट श्रोतले जनाएका छन् । यो बिषयमा पछिल्लो पपटक उनले मुख खोलेका छैनन् । निकट कतिपय नेताहरुले दुबै मन्त्रीलाई राजीनामा गराउनु उपयुक्त बिकल्प हुने सुझाब दिन थालेका छन् ।
पौडेलले दुबै मन्त्रीबारे संसदमा समेत प्रश्न उठेकाले नैतिक प्रश्न उठेको उल्लेख गर्दै छिट्टै समाधान नगरे ढिला हुने जनाए । 'दुबै मन्त्रीलाइै नैतिक प्रश्न उठेको छ' उनको भनाइ थियो- 'यसबारेमा बिशेष गरी मधेशवादी दलहरुसंग कुरा भइरहेको छ ।' मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेतालाई तत्काल राजीनामा गराउँदा सत्ता समीकरणमा दरार उत्पन्न भई सरकार संकटमा पर्ने अड्कल पनि उनले गरे ।
'बिगतका सहमति र सत्ता समीकरणको बिषय पनि छ' उनले भने- 'हत्तपत्त निर्णय गर्नुभन्दा सोचविचार गरी निर्णय गर्ने उपयुक्त हुन्छ भन्ने लागेको छ ।'
मन्त्री साहको राजीनामाको बिषय प्रधानमन्त्रीका लागि झन् जटिल बिषय बनेको छ । भट्टराई पक्षका कतिपय नेताहरु पार्टीभित्र र बाहिरको षड्यन्त्रका कारण साहलाई फसाइएको बताएका छन् र उनीहरुले भट्टराईलाई त्यही कुरा बताएका छन् ।
भट्टराई पक्षीय पोलिटव्युरो सदस्य एबं भोजपुरा राज्य समिति इञ्चार्ज भीमप्रसाद गौतमले साहलाई पार्टीभित्र पनि षड्यन्त्र भएको बताए । 'प्रभुजीलाई पार्टीभित्रबाट पनि षड्यन्त्र भएको छ' उनले बैद्य पक्षतिर संकेत गर्दै भने- 'उहा मधेशको खम्बा भएको र मन्त्री भएको देख्न नचाहने तत्व पनि पार्टीभित्रै छन् ।' साहलाई बचाउ गर्ने पार्टी निर्णय र गौतमको कुरा बिश्वास गर्ने हो भने भट्टराई साहलाई राजीनामा गराउने पक्षमा छैनन् ।
प्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकार रामरिझन यादबले साहबिरुद्ध पार्टीभित्रबाट षडयन्त्र भएको उल्लेख गर्दै छानविन गर्नुपर्ने विचार व्यक्त गरे । 'प्रभुजीलाई पार्टीभित्र र बाहिर षड्यन्त्र भएको छ' उनले भने- 'पार्टीभित्रको षड्यन्त्रका बिषयमा पार्टीले छानविन गर्नुपर्छ ।'
भट्टराईले दुई मन्त्रीबारे जति छिटो समाधान गर्छन्, उतिनै लडाकु समायोजन प्रक्रिया अघि बढ्छ । उनले त्यसो गर्न सकेनन् भने लडाकु समायोजना प्रक्रिया राजीनामा बिवादका कारण अवरुद्ध हुनेछ । जानकारहरुका अनुसार भट्टराई सामु दुई मन्त्रीको राजीनामा गराउनु जति सहज छ, अन्य बिकल्प त्यतिनै गाह्रो छ । किनकी अन्य बिकल्प प्रतिपक्ष कांग्रेस, एमालेले मान्ने संभावना एकदम कम छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें