काठमाडौं, कात्तिक ५ (नागरिक)- हतियार लिएर सुन पसल लुट्ने योजना बुन्दै गरेका छ व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मनमैजुको लोकतान्त्रिक चोकबाट उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
पेम्बा तामाङ (५०), लालबहादुर लामा (५४), सुरज आले (२०), विकास लिम्बू (२६), दाबा दोर्जे ब्लोन ( २४) र निमा शेर्पा (४७) उपत्यकाका सुनपसल लुट्ने योजना बनाउन भेला भएको प्रहरी दाबी छ।
प्रहरीले लुट्ने योजना बनेको सुनपसलबारे भने खुलाएको छैन।
दुई राउन्ड गोलीसहित बरामद पेस्तोल घरमै निर्मित हो।
महाशाखाले बिहीबार हतियार बिक्री गर्न हिँडेको अभियोगमा सागर थापा मगर (२३) लाई पक्राउ गरेको थियो। कपनमा बस्दै आएका सिन्धुलीका मगरलाई महाशाखाको टोलीले कपनबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो।
घर निर्माण व्यवसायमा संलग्न मगरले ५० हजारमा बिक्री गर्न हिँडेको अनुसन्धानस्रोतको दाबी छ। प्रहरीले मगरले हतियार खरिद गरेको स्थान र उनीसित हतियार खरिद गर्ने व्यक्तिबारे भने केही खुलाएको छैन।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें