काठमाडौं, कात्तिक ५ (नागरिक) - वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुगम ग्यासमाथि कारबाही गर्न आफूले आयल निगमलाई कडा निर्देशन दिएको बताएका छन्।
उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रममा उनले सुगम ग्याँसलाई अर्को कम्पनीमा सिलिण्डर भर्न भनेर आफूले छुट नदिएको दावी समेत गरे। 'सुगमलाई छुट दिनुपर्छ भनेर मैले तोक लगाएको छैन, बरु कारवाहीको लागि कडा पत्र आयल निगमलाई पठाएको छु,' उनले भने।
आफूले विधि, पद्धती र नियमभित्र पर्छ भनेमात्र सुगमलाई अर्को कम्पनीमा ग्याँस भर्ने छुट दिन तोक लगाएको स्पष्ट पारे। उनले इमान्दार व्यबसायीलाई प्रोत्साहित र बेइमानलाई कडा कारवाही गर्नुपर्छ भन्ने आफ्नो सिद्धान्त रहेको बताए।
धादिङमा रहेको सुगम ग्याँसले अर्को कम्पनीको १५ हजार तीनसय १४ सिण्डिडरको पिँध काटेर भर्न तयार पारेको अवस्थामा फेला पारिएको थियो। सिलिण्डरको पिँध काट्नु सुरक्षाको दृष्टिले निकै जोखिमयुक्त हुने र त्यसबाट उपभोक्ताको स्वास्थमा खेलबाड गरेको ठहरिएपछि जेठ २७ गते तत्कालिन मन्त्री कृष्णबहादुर महराले उद्योगलाई खारेज गरेका थिए। उनी पछिका उद्योगमन्त्री महेन्द्र यादबले त्यसलाई संशोधन गरेर आर्थिक प्रलोभनमा ५ लाख जरिवाना र ६ महिना उद्योग बन्द गर्ने निर्णय गरेका थिए।
उद्योग सञ्चालक शिब घिमिरेले बजारमा गएका आफ्नो सिलिण्डर अरु कम्पनीमा भर्न पाउनुपर्ने माग गर्दै आएका छन्। आयल निगम हेर्ने विभागीय मन्त्री भट्टले 'विधि, पद्धती र नियम अनुसार मिल्ने भए दिनु' भन्ने तोक लगाएपछि सुगमले त्यसैलाई आधार बनाएर अर्को उद्योगमा सिलिण्डर भर्ने प्रपञ्च गर्दै आएको छ।
मन्त्री भट्टले परेर र लोभ लालचमा फँसेर आफूले कुनै नाजायज काम नगर्ने दावी समेत गरे। उनको तर्क थियो-'पदमा रहुन्जेल मलाई पुग्ने सुविधा राज्यले दिएको छ, पदबाट हटेपछि मलाई मेरो पैत्रिक सम्पत्ति छ त्यसैले पुग्छ।'

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें