५ कात्तिक, काठमाडौँ । शान्ति सुरक्षामा मजबुद बनाउन तथा शान्त शहरको अबधारण लागु गर्न काठमाडौँ उपत्यकाका केही स्थानलाई १५ दिनभित्र हर्न निषेधित क्षेत्र घोषणा गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पद्मोदय मोडबाट दक्षिण, भद्रकाली मन्दिर पूर्व र माइतीघर मण्डलादेखि उत्तरको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने लागिएको हो ।
महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेशराज राईले निगरानी र नियन्त्रण गर्न सजिलो होस् भन्ने हेतुले महाशाखा नजिक र वरिपरिको क्षेत्रलाई पहिलोचरणमा हर्न निषेधित घोषणा गर्न लागिएको बताउनु भयो ।
उहाँले यस नियम लागु भएपछि कुनै चालकले हर्न बजाए सवारी ऐन अन्तरगत कारबाही गर्ने बताउनुभयो ।
राईले अधिकार र जिम्मेवारी पाएका यातायात व्यवस्था मन्त्रालय र मातहतका निकायले आफू पनि अधिकार प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग गर्न नदिने समस्याले दण्डहीनता मौलाउन गई उपत्यकामा सवारी चाप नियन्त्रण गर्न कठिनाइ परिरहेको बताउनु भयो ।
महाशाखाले उपत्यकाको सवारी चाप व्यवस्थित गर्न कालिमाटीदेखि टेकू र कमलादीदेखि कमलपोखरीको कृष्णपाउरोटीसम्मको सडकलाई छिट्टै विस्तार गर्ने योजना बनाएको छ।
मुलुकमा अहिलेसम्म ११ लाख ७८ हजार ९११ सवारी साधन दर्ता रहेकोमा दैनिक रूपमा करिब ८ लाखको हाराहारीमा सञ्चालन हुने अनुमान छ।
यसैबीच दुर्घटनाको कारक र राजधानीलाई नै कुरुप पार्नेगरी मोड–मोड र सडक छेउमा राखिएका होडिङबोर्ड हटाउन ऊर्जा मन्त्रालयले महानगरपालिकालाई दिएको निर्देशन कायान्र्यावयन भइरहेको बताइएको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें