अर्घाखाँची, कात्तिक १२ - यस जिल्लाको धनचौर गाविसका कृषक मौरीपालन व्यवसायमा आकर्षित भएका छन्। थोरै लगानी र कम मेहनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषकहरु सो व्यवसायमा आकर्षित भएका हुन्। गाविसका प्रत्येक घर घरमा मौरी पालिएको भए पनि वडा नं.५, ६, ७ र ८ का कृषकहरु भने व्यावसायिकरूपमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
धनचौरमा चिउरीको जङ्गल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरिने र मौरीका लागि उपयुक्त किसिमको हावापानीसमेत पाइने हँुदा मौरीपालन व्यवसाय निकै फस्टाएको स्थानीय बासिन्दाको भनाइ छ।
मौरीबाट सोचेभन्दा बढी आम्दानी लिन पाएपछि युवाहरु पनि वैदेशिक रोजगार र सरकारी जागिरसमेत छाडेर मौरीपालनतर्फ आकर्षित भएका छन्।
धनचौरमा कृषकहरुले एउटै घरमा ५ देखि ५० घारसम्म मौरीपालन गर्दै आएका छन्। मौरी वर्षमा २ पटक काडेर मह निकालिने र एउटा घारमा वर्षमा १० देखि २० केजीसम्म मह निकालिने गरेको कृषकहरुको भनाइ छ।
मुढे घारबाट मौरी व्यवसाय सञ्चालन गर्दै आएका कृषकहरुले अहिले आधुनिक घारमा मौरी पाल्दै आएका छन्। आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्न पनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने महभन्दा दुई तिहाई बढी उत्पादन लिन सकिने उनीहरुको भनाइ छ।
धनचौर गाविस ५ का वासुदेव पाण्डे मौरी पालनबाट वर्षमा दुई लाख रुपैयाँ आम्दानी गर्ने बताउँछन्।
पाण्डेले ३० घार मौरी पाल्दै आएका छन्। मौरीको आम्दानीबाट छ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउँदै आएको उनको भनाइ छ।
बाबुबाजेका पालादेखि नै पाल्दै आएकौ मौरीलाई थोरै व्यवस्थित गरेर घार बढाए यसैबाट घरखर्च चलेको छ। केही रकम सञ्चित पनि भएको छ उनले बताए।
वडा नं. ६ का लेखनाथ पाण्डेले माहुरीबाटै आफ्नो जीविकोपार्जन चलाउँदै आएको बताए।
सदरमुकाम सन्धिखर्कबाट छ कोस टाढा पर्ने धनचौर एउटा विकट गाविस भए पनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ। यहाँका बासिन्दाहरु घरमा आउने अतिथिहरुलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय बासिन्दा गोपालप्रसाद भट्टराईको भनाइ छ।
यहाँका कृषकहरु मौरीपालनमा निकै उत्साही भएका भए पनि राज्यले भने कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ।
गैरसरकारी संस्था र स्वयम् राज्यले पनि मौरीपालनका क्षेत्रमा लाखाँै खर्च गरी रहेको बताउँदा जिल्लामा मौरी पालनको मुख्य ठाउँ धनचौरका बासिन्दाहरुले भने कुनै सहयोग पाउन नसकेको प्रति चिन्तित छन्।
धनचौरमा मौरी अध्ययनको स्थल पनि बन्न पुगेको छ। मौरीबारेमा अध्ययन र अनुसन्धानको लागि देशभित्र र बाहिरबाट मानिसहरु आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ। रासस

2 टिप्पणियां:
एक टिप्पणी भेजें