उजिर मगर, काठमाडौं, कात्तिक १२- अमेरिका जान लागेकी महिलासँग घूस खाने कर्मचारीलाई तत्काल कडा कारबाही गर्न प्रधान मन्त्रीले गृह सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई निर्देशन दिएका छन्। पासपोर्ट र नागरिकता देखाउँदा-देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै उनीसँग घूस मागिएको थियो। अमेरिका जाने लागेकी डिचेन डोल्मा शेर्पासँग १ लाख १० हजार घूस लिइएको थियो। बुधबार नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ र शेर्पावर्ल्डडटकमले आयोजना गरेको पत्रकार सम्मेलनमा घूस खाने कर्मचारीको नाम, फोटो र घूस लिँदै गरेको बेलाको भिडियो पनि सार्वजनिक गरिएको थियो।
घूस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न समिति पनि बनेको छ।
घूस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न समिति पनि बनेको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें