कात्तिक १२, -अन्जली दिदी यस वर्ष पनि दिदीबहिनी नभएका दाजुभाईलाई टीका लगाउन भ्याई नभ्याई थिइन् ।
भाइटीकाको दिन कुनै नेपाली दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले ताहाचलकी अञ्जली दिदीले शुक्रबार वसन्तपुरस्थित काष्ठमण्डपमा सर्वसाधारणलाई भाइटीका लगाइ दिएकी हुन।
वि.सं. २०५५ देखि हरेक वर्ष भाइटीकाका दिन टीका लगाउँदै आएकी अञ्जली दिदीले नेपाली र विदेशी गरी दुई सय ८ जनाका लागि विधिवत् मण्डप बनाई टीका लगाइदिइन ।
दिदीबहिनी नभएका र कामविशेषले गाउँ जान नपाई काठमाडौँमा नै रहेका दाजुभाइलाई दिदीबहिनीको अभाव महसुस नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको अञ्जली दिदीको भनाई छ ।
नेपाली कला-संस्कृति लोप हुन नदिन र गोरखनाथ बाबाको आर्शिवादका कारण यहाँ यो कार्यक्रम आयोजना गरेको बताउँदै अञ्जली दिदीले गोरखानाथ बाबाका सामु नेपाली र विदेशी नागरिकलाई समेत भाइटीका लगाउन पाएकोमा नेपाल र नेपालीकै गौरव बढेको बताएकी छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें