सोमवार, 17 अक्टूबर 2011

दाहालको अध्यक्षतामा लुम्विनी विकास निर्देशक समिति गठन

dahal
काठमाडौ, आश्विन ३० - माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बृहत लुम्विनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बृहत लुम्विनीको विकास गर्न उक्त निर्देशन समिति गठन गरेको हो ।
त्यसैगरी सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण बर्ष घोषणा गरेको छ ।
समितिका सदस्यहरुमा एमालेका मंगलसिंद्धी मानन्धर, काँग्रेसका मिनेन्द्र रिजाल, वन मन्त्री मोहम्मद वकिल मुसलमानसहित छ जना रहेका छन् । समितिलाई लुम्बिनीको विकासको लागि लुम्बिनीलाई बृहतर विकास, शान्ति क्षेत्र र पर्यटकीय क्षेत्रको गुरुयोजना प्रस्ताव तयार पारेर प्रस्ताव गर्ने क्षेत्राधिकार दिइएको छ । त्यसका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउनेसमेत जिम्मेवारी दिइएको छ ।
दाहाल केही महिनाअघि लुम्बिनीको विकासको लागि करिव २ खरव २५ अरव रुपैयाँ लगानी गर्ने चर्चा गरिएको चीनमा रहेको ऐपेक नाम गैरसरकारी संस्थाको सह–अध्यक्षसमेत हुन् । 
त्यसैगरी सरकारले धितोपत्र बोर्डको कार्यकारी निर्देशक बाबुराम श्रेष्ठ, टिसिएनका अध्यक्ष बन मन्त्रलायका सहसचिव रामप्रसाद लम्साल र जडिवुडी प्रशोधन केन्द्र अध्यक्ष हरिहर सिग्देल नियुक्त गरेको छ । यी सबैजनालाई खुला प्रतिस्पर्धाका आधारमा छानिएका हुन् ।  
सरकारले राष्ट्रिय खेलकुद कैलाली र कञ्चनपुरमा आयोजना गर्ने पनि निर्णय गरेको छ ।

कोई टिप्पणी नहीं: