भरतपुर, कार्तिक १ - घाँटीको शल्यक्रिया गर्नुपर्नेमा पाठेघर झिकेको घटना सेलाउन नपाउँदै चितवनमा चिकित्सकको अर्को गम्भीर लापरबाही देखिएको छ । परिवारका सदस्यलाई जानकारी नदिई चितवन मेडिकल कलेजका चिकित्सकले पानीको पोका झिक्ने भन्दै बिरामीको बायाँ मृगौला झिकेका छन् । चिकित्सक राजीव साहीले गीतानगर- १० की ७५ वर्षीया टीकादेवी लामिछानेको पेटमा रहेको डल्लो (पानीको पोको) झिक्ने भन्दै देब्रे मृगौला निकालेको खुलेको छ । उपचार गरी घर फर्किएको १२ दिनपछि पेट दुखेपछि लामिछानेलाई फेरि अस्पताल पुर्याइएको थियो । त्यसक्रममा पुनः जाँच गराउँदा मृगौला झिकिएको खुलेको हो ।
कलेजका एसोसिएट प्रोफेसर तथा सर्जन किशोरकुमार ताम्राकारका अनुसार 'अल्ट्रासाउन्ड' गराउँदा पानीको पोको देखिएको थियो । पानीको डल्लो फियो र बायाँ मृगौला नजिक थियो । 'शल्यक्रिया गर्दा मृगौला भन्ने थाहा भएन,' उनले भने, 'मासुको बायोप्सी जाँच गराउँदा मृगौला पातलिएर पानी भरिएको पुष्टि भयो ।' उनले अल्ट्रासाउन्डमा मृगौलाको केही भाग डल्लोमा रहेको दाबी गरे । तर पोको मृगौलै भएको उल्लेख थिएन ।
पानीको पोको र एपेन्डिसाइटिस बिगि्रएपछि मेडिकल कलेजले असोज १० गते शल्यक्रिया गरेको थियो । परिवारले असोज २२ गते अल्ट्रासाउन्ड गराउँदा बायाँ मृगौला थिएन । ३ दिनअघि पुनः अल्ट्रासाउन्ड गर्दा मृगौला नदेखिएपछि परिवार आक्रोशित छन् । ताम्राकारले अल्ट्रासाउन्ड गर्दा मृगौला नदेखिएको बताए । 'उपचारमा गल्ती भएको छैन,' उनले भने, 'पानी जमेको मृगौला हो भन्ने नचिन्दा कमजोरी भयो ।' बिरामीको ज्यान बचाउन डल्लो झिकिएको उनले बताए । चिकित्सकले ठूलो र पानीका कारण आफ्नो ठाउँभन्दा तल झरिसकेकाले शल्यक्रियाको क्रममा त्यो नदेखिएको दाबी गरे ।
चिकित्सकले लापरबाही गरेर मृगौला झिकेको आरोप लगाउँदै आफन्तले सोमबार कलेज घेरेका थिए । शल्यक्रियाअघि चिकित्सकले दुवै किड्नी सामान्य रहेको जानकारी चिकित्सकले परिवारजनले जनाए ।
'उपचार गर्नुअघि मृगौला झिक्नुपर्नेबारे केही भनिएको थिएन,' छोरा शिवप्रसादले भने । अल्ट्रासाउन्ड रिपोर्टमा मृगौलामा कुनै खराबी नदेखिए पनि चिकित्सकले मृगौला झिकेको आरोप उनले लगाए । शल्यक्रिया गरेको एक सातापछि आमालाई डिस्चार्ज गरेको उनले बताए । अस्पतालले बिरामीको सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्नेलगायत माग राखी परिवार र आफन्तले धर्ना दिएको बिरामीका नाति शैलेश लामिछानेले बताए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें