सोमवार, 17 अक्टूबर 2011

रक्षामन्त्रीको राजीनामाका विषयमा फोरम लोकतान्त्रिकमा विवाद

sarat singh
काठमाडौं, आश्विन ३० - रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाका विषयमा सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा विवाद भएको छ । विवादका कारण ७ घण्टादेखि जारी राजनीतिक समितिको बैठक अझै निष्कर्षमा पुग्न सकेको छैन ।
रक्षामन्त्री भण्डारीले केही दिन अगाडि दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरु कांग्रेस र एमालेले उनको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिएपछि फोरम (लोकतान्त्रिक) समस्यामा परेको हो । विपक्षीहरुको मागकै कारण माओवादीले आफ्ना मन्त्री प्रभु साहबाट राजीनामा दिलाएको छ । माओवादीको उक्त कदमपछि फोरम लोकतान्त्रिक झन् परेको छ । माओवादीले समेत रक्षामन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको छ ।
भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने कि नबोलाउने भन्ने विषयमा पार्टी भित्र तीव्र मतभेद देखिएको छ । १९ सदस्यीय राजनीतिक समिति उक्त विषयमा विभाजित देखिएको छ । कतिपयले रक्षामन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएमा पार्टी सरकारबाट बाहिरिनुपर्ने समेत बताएका छन् ।
केही समय अगाडि मन्त्री भण्डारीले मधेसका २२ जिल्ला टुक्रिन चाहे मुलुकको कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन् ।

कोई टिप्पणी नहीं: