बुधवार, 26 अक्तूबर 2011

रिडीमा दिपावली धुम धाम साथ मनाइदै


रिडी,कार्तिक९। आज रिडी बसपार्कमा आयोजना हुनलागेको "देउसी भइली साँझ२०६८" लागि अहिले कार्यक्रम स्थलमा स्टेज निर्माण तथा बिभिन्न प्राबिधिक कामहरुको अन्तिम तयारी हुँदै, त्यसैगरी कार्यक्रमका लागि केही दिन अघी देखी सुरु गरिएको न्रित्य प्रक्षिणको पनी तयारी अन्तिम चराणमा पुगेको छ्। कार्यक्रम लाई भब्य रुपमा सम्पन्न गर्नका लागि काकु गुरुङ,बेल्जीयम बाट २० हजार रुपैया र खगेन्द्र सुबेदी बाट ६ हजार रुपैया सौजन्य स्वरुप प्राप्त भएको थियो। अब केही क्षण मै साझ ९ बजे करीब देउसी भईली कार्यक्रम साँझ सुरु हुने रुरु नेटवर्क रिडीले जनाएको छ।
 ताजा फोटो फिचर हरु हेर्नुहोस्   



कोई टिप्पणी नहीं: