कास्की, ९ कार्तिक। विमान दुर्घटनाको श्रृङ्खला बढ्दै गइरहेको अवस्थामा पोखरामा आज फेरि अर्को सम्भावित दुर्घटना टरेको छ। पोखराबाट काठमाडौँ जान लागेको यति एयलरलाइन्सको नाइन-एन एएचडब्लु जेट स्प्रिम विमानको ईन्जिन पोखरा विमानस्थलको धावनमार्गबाट टेक अप लिने क्रममा आज साँझ पड्किएको हो ।
ईन्जिन पड्किएर फ्लेम आउट भए पनि धावनमार्ग नछोडिसकेकाले सम्भावित ठूलो मानवीय क्षति टरेको पोखरा विमानस्थलले जनाएको छ । विमानमा १८ जना विदेशीसहित २३ जना यात्रु रहेको जनाइएको छ।
आज साँझ ५:३१ बजे उडान भर्ने क्रममा धावनमार्गको मिड-वे मा पुगिसकेपछि विमानको दायाँपट्टीको ईाजन पड्किएको हो । अहिले उक्त विमान पोखरा विमानस्थलमै रहेको छ। रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें