शनिवार, 29 अक्तूबर 2011

सेना समायोजनमा सहमति जुटाउन माओवादीले एमालेसँग छलफल गर्दै

maoist
काठमाडौं, कार्तिक १२ - सेना समायोजनका विवादित दुई महत्त्वपूर्ण विषयमा सहमति जुटाउन सत्तारुढ माओवादीले शनिबार एमालेका शीर्ष नेतासँग छलफल गर्ने भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल राजधानी बाहिर रहेकाले समय भने तय भएको छैन । यसैगरी प्रतिपक्षी कांग्रेस र एमालेसँग पनि शनिबार नै छलफल हुँदैछ । द्विपक्षीय, त्रिपक्षीय छलफलपछि आइतबार तीन दलका शीर्ष नेताहरुको बैठक बस्नेछ । 
सहमति हुन बाँकी समायोजन गर्ने लडाकुको संख्या र पुर्नस्थापना प्याकेजका विषयमा शनिबार छलफल हुने भएको हो । कांग्रेससँग सहमति हुन नसकेपछि माओवादीले एमालेसँग छलफल गरेपछि शीर्ष वार्ता गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।
कांग्रेस–एमालेले ५ हजार लडाकु समायोजन गर्न र पुर्नस्थापनामा जाने लडाकुलाई ३ देखि ६ लाख रुपैयाँ दिनुपर्ने शर्त राखेका छन् । तर माओवादीले ७ हजार लडाकु समायोजन गर्न र पुर्नस्थापनामा जाने लडाकुलाई ६ देखि ९ लाख रुपैयाँ दिनुपर्ने अडान राख्दै आएको छ ।
‘एमालेसँग छलफल भएपछि आइतबार फेरि तीन दलका नेताहरु बस्छौं,’ प्रधानमन्त्रीले भने, ‘सम्भवतः छठ अघि नै सहमति हुने विश्वास लिएको छु ।’ 
यसअघि सहमतिका लागि प्रधानमन्त्री भट्टराईले शुक्रबार अपरान्ह एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेमा थिए । 

कोई टिप्पणी नहीं: