शनिवार, 29 अक्तूबर 2011

तेजाब खन्याइएका दम्पतीलाई थप उपचारका लागि सिफारिस

रुकुम, कात्तिक १२ - गएको भदौ ४ गते अज्ञात समूहले छर्केको तेजाबबाट घाइते भएका रुकुम पुर्तिमकाँडा गाविसको एक दम्पतीलाई थप उपचारका लागि आनन्दवन अस्पताल ललितपुर सिफारिस गरिएको छ। वडा नं. ७ पक्रैयाँ निवासी ४० वर्षीया पूर्णबहादुर पुन र उनकी ३५ वर्षीया श्रीमती निर्मलालाई जिल्ला अस्पताल जाजरकोट र मिसन अस्पताल चौरजहारीले थप उपचार गर्न नसक्ने भएपछि सिफारिस गरिएको बताएका छन्।
दुई हप्तासम्म चौरजहारी अस्पताल र दुई महिना जिल्ला अस्पताल जाजरकोटमा उपचार गराएका पुनः दम्पतीको प्लास्टिक सर्जरी गनुपर्ने भएपछि सिफारिस गरिएको मिसन अस्पताल चौरजहारीका प्रशासक कपिल शर्माले जानकारी दिए।
आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई मिसन अस्पताल चौरजहारीको आर्थिक र प्राविधिक सहयोगमा आनन्द वन अस्पताल ललितपुरमा पठाइएको हो।
घरको बार्दलीमा सुतेका दपम्तीलाई अज्ञात समूहले छर्केको तेजाबबाट निर्मलाको अनुहार, टाउको, छाती, हात, ढाड पूरै जलेको जलेको छ भने पूर्र्णबहादुरको दुवै हातको पाखुरा र मुख जलेको छ। पुन दम्पतीमाथि तेजाब खन्याउने समूहको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए। रासस

कोई टिप्पणी नहीं: