नयाँ दिल्ली, आश्विन ३० - प्रधानमन्त्री बाबुराम भट्टराईको आसन्न भ्रमणले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास भारतले व्यक्त गरेको छ । भट्टराईको भ्रमणबारे आइतबार औपचारिक घोषणा गर्दै भारतीय विदेश मन्त्रालयले दुई मुलुकबीच सम्बन्ध थप बलियो बनाउने अवसर प्रधानमन्त्रीको भारत बसाइले प्रदान गर्ने उल्लेख गरेको हो ।
'आपसी चासोका विषय तथा सम्बन्ध प्रगाढ बनाउने उपायहरूबारे छलफल गर्ने अवसर भ्रमणले जुटाउनेछु,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
भट्टराई चारदिने औपचारिक भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली आउँदै छन् । भारत बसाइमा उनले आफ्ना समकक्षी, राष्ट्रपति, उपराष्ट्रपति, वरिष्ठ मन्त्रीहरू, विपक्षी दलका नेता लगायतसँग भेट गर्ने छन् । यसैगरी नागरिक समाजका प्रतिनिधि, भारतीय उद्योगपति एवं विद्वत् वर्गसँग प्रधानमन्त्रीले अन्तक्रिर्या गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें