सोलुखुम्बू, असोज २९ (नागरिक)- सूचना तथा सञ्चार मन्त्री एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले अहिलेकै अवस्था कायम रहे मङ्सिर १४ भित्र कुनै हालतमा शान्ति र संविधानको काम पूरा हुन नसक्ने बताएका छन्। उनले कङ्ग्रेस र एमालेलाई सहमतिमा नल्याएसम्म कुनै पनि हालतमा संविधान नबन्ने ठोकुवासमेत गरे। मन्त्री गुप्ताले आइतबार सोलुखुम्बूमा स्थापित हजार वाट क्षमताको रेडियो हिमाल एफएम ९० दशमलव २ मेघाहर्जको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिलेकै राजनीतिक अवस्था कायम रहेमा मङ्सिर १४ पछि पनि शान्ति र संविधानको अनिश्चितता हुने धारणा राखेका हुन।
सरकार सञ्चालन कसले गर्ने भन्ने कुरा मुख्य होइन, जनताको शान्ति र संविधानको चाहना पूरा गर्नु प्रमुख काम हो, यो सबैले बुझ्नु जरुरी छ– मन्त्री गुप्ताले भने।
यसअघिका सरकार राजनीतिक असहमतिका कारण नै असफल भएकाले सहमतिको विकल्प नरहेकामा उनको जोड थियो। मन्त्री गुप्ताले अहिलेको सरकारको विकल्प नभएको भन्दै कसैले चाहँदैमा वर्तमान गठबन्धन नटुट्ने दाबी गरे। उनले भने– माओवादी र मधेसवादी दल एक ठाउँमा नभए कुनै पनि हालतमा देश अगाडि बढ्न सक्दैन।
सोलुखुम्बूको सल्लेरीबाट सञ्चालित हजार वाट क्षमतामा एफएम प्रसारण सुरुवात् गरेकामा प्रशंसा गर्दै मन्त्री गुप्ताले भने– हिमालको काखबाट सुरु भएको एफएमले सबै क्षेत्रमा प्रसारण पहुँच राखेर विशिष्ट पिहचान बोक्नुपर्छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें