रविवार, 16 अक्टूबर 2011

अफगानिस्तानमा एक गोर्खा सैनिकको मृत्यु, मारिनेको संख्या पाँच

Gurkhas
काठमाडौ, आश्विन २९ - अफगानिस्तानको हेलमण्ड प्रान्तस्थित नहर–ए–सरजमा बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकको शनिबार गोली हानी हत्या गरिएको छ ।
बेलायती काठमाडौंमा जारी गरेको बिज्ञप्तिमा रोयल गोर्खा राइफल्सको दोस्रो बटालीयनमा कार्यरत सैनिकको मृत्यु भएको उल्लेख गरेपनि नाम भने सर्वाजनिक गरिएको छैन ।
'नहर-ए-सरिफमा अफगानी प्रहरीसंगै खटिएका एक गोर्खा सैनिकको मृत्यु भएको कुरा सार्वजनिक गर्नु पर्दा मलाई दु:ख लागेको छ' हेलमण्डमा खटिएको बेलायती सेनाको तास्कफोर्सका एक प्रबक्ताले भने, 'चेकप्वाइन्टको सुरक्षामा खटिएको उनको समुह विद्रोहीहरुको साना हतियारको फायरिङ्मा परे, त्यसैमा परेर उनको मृत्यु भयो ।'
उनी अफगानिस्तानमा मारिएका पाँचौं गोर्खा सैनिक हुन् । अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सैनिकले अफगानिस्तानमा आक्रमण गरेयता बेलायती सेनामा कार्यरत पाँच र फ्रान्सेली सेनामा कार्यरत एक नेपालीको मृत्यु भइसकेको छ । 

कोई टिप्पणी नहीं: