भरतपुर, कार्तिक ९ - चितवनको भरतपुर १२ स्थित बालज्योति अफसेट प्रेसमा मंगलबार राति नचिनेका ३ जनाले तोडफोड गरी क्षती पुर्याएका छन । घटनाको विभिन्न संस्थाले बिरोध जनाएका छन् ।
छापाखानामा गरिएको आक्रमणबाट छाप्न तयारी अवस्थामा रहेका सबैको पत्रिका दैनिक, लोकतन्त्र सन्देश दैनिक र उज्यालो एक्सप्रेस साप्ताहिकको अन्तिम पि्रन्ट र प्लेट क्षतिग्रस्त बनेको थियो । आक्रमणकारीले प्रेस अपरेटर गोपाल सुवेदीलाई नियन्त्रणमा लिई हातपात गरेका थिए । समूहका कसैलाई नचिनेको सुवेदीले बताए ।
बुधबार प्रेस विज्ञप्ति जारी गरेर अफसेटले आतंकित बनाउने घटनाले दुखित तुल्याएको जनाएको छ । पत्रिका प्रकाशकले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आक्रमण प्रेस स्वतन्त्रतामाथिको भएको उल्लेख गरेका छन् ।
प्रेस चौतारी अध्यक्ष शालिकराम नेपालले जारी गरेको बिज्ञप्तीमा घटनाको भत्र्सना गदै दोषीलाई पहिचान गरी तत्काल कारबाही गर्न प्रहरी प्रशासन संग जोडदार माग गरिएको छ ।
पत्रकारिता र प्रेसमाथिका हमलाकारी बिरुद्ध एक भएर जुध्न हामी सरोकारवाला सवैसंग आहृवान चौतारीले गरेको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें