जाजरकोट, कार्तिक ९ - जिल्ला सदरमुकाम क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको छ । सम्बन्धित निकायको लापरबाहीका कारण वन फँडानी गरी सार्वजनिक जग्गा अतिक्रमण बढेको हो ।
जिल्लाका दुई दर्जनभन्दा बढी स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ । स्थानीय बासिन्दाले सडक पुगेको र निर्माण भइरहेको स्थान आसपासको जंगल प“mडानी गरेर अतिक्रमण गरेका हुन् । खलंगा, जगतीपुर, पुन्मा, ढिमे, सीमा, कार्कीगाउँ, खगेनकोट, पाँचकाटिया, फूलचावली, रिम्नालगायत स्थानमा सार्वजनिक जग्गा अतिक्रमण तथा प“mडानी तीव्र बन्दै गएको छ । ती स्थानका सडक आसपासमा हजारौं
घरटहरा बनिसकेका छन् । सदरमुकामभित्रै मात्र ५ सयभन्दा बढी घरटहरा छन् ।
सदरमुकामको थाप्लेचौर, शान्तिचौतारा, रानागाउँ, ठाँटी र थाप्लेमा वन प“mडानी गरी सार्वजनिक जग्गा दिनहुँजसो अतिक्रमण भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको आरोप छ । दसैं तिहार पर्व अवधिमा सदरमुकामभित्र २ दर्जनभन्दा बढी घरटहरा बनेका छन् । सामुदायिक वन उपभोक्ता समितिको मिलोमतोमा प“mडानी गर्ने र घरटहरा निर्माण कार्य धमाधम भइरहेको छ । तर जिल्ला वन कार्यालय मौन बसेको अधिकारकर्मी खिमबहादुर शाहीले बताए । उनले भने, 'हुनेखाने र पहुँचवालाले नै सार्वजनिक जग्गामा घरटहरा बनाउने गरेका छन् ।' प“mडानी गरेर घरजग्गा बनाउने र जथाभावी ढुंगा निकाल्ने क्रम बढ्दै जाँदा सदरमुकामको बस्ती पहिरोको जोखिममा पर्न थालेको छ ।
सार्वजनिक जग्गा, सरकारी निकायको नामको जग्गा, चौतारो र बाटो मिचेर घर बनाउँदा पनि स्थानीय प्रशासन, गाविस र वन कार्यालय भने मौन छन् । सदरमुकामभित्रै सार्वजनिक जग्गामा घर बनाएर बिक्री गर्ने गरिएको समेत पाइएको छ । राजनीतिक पहुँच र हुनेखानेले बस्नका लागि भन्दा नाफा कमाउन सार्वजनिक स्थानमा घर बनाउने गरेका हुन् । स्थानीय उपभोक्ताको सहयोगविना वन कार्यालयले केही गर्न नसक्ने निमित्त वन अधिकृत एजाज अहमद अन्सारीले बताए ।
जग्गा अतिक्रमणमा दलको संरक्षण भएकाले नियन्त्रण गर्न कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सुकदेव लम्सालले बताए । जिल्लास्थित दलको समर्थनमा स्थानीय प्रशासान अतिक्रमण रोक्न र अवैध रूपमा बनेका घरटहरा भत्काउन तयार रहेको लम्सालले बताए । जथाभावी घरटहरा बनाउँदा सदरमुकाम कुरुप बन्दै गएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें